क्रोएसियाको आत्मघाती गोल, फ्रान्स २ गोल, क्रोएसिया १ गोल

काठमाडौं (एजेन्सी)– इभान पेरिसिचले डिबक्स भित्र हातले बल छोएपछि भारको सहयोगले पेनाल्टीको अवसर पाएको फ्रान्सले आन्टन ग्रिजमनको गोलको मद्धतले पुनः अग्रता लिएको छ।

उनले ३८ मिनेटमा पेनाल्टीमार्फत गोल गरे। फ्रान्सले पाएको कर्नर किकमा पेरिसिचको हातमा बल लागेको थियो। यसअघि २८ मिनेटमा पेरिसिचकै गोलको सहयोगले क्रोएसियाले खेललाई १–१ गोलको बराबरीमा ल्याएको थियो।
फ्रान्सले १८ मिनेटमा मारियो मान्डुज्किचको आत्मघाती गोलका कारण अग्रता बनाएको थियो।

 

प्रतिक्रिया दिनुहोस्