काठमाडौं बासीलाई फेरी अर्काे झड्का, फोहर उठ्न अझै एक हप्ता लाग्ने

काठमाडौं । खाने पानीको हाहाकार, हिलाम्य सडकले दिक्क काठमाडौं बासीलाई फेरी अर्को समस्या आएको छ । त्यो हो, केहि दिन फोहर उठ्न नसक्नु ।

केही दिनदेखि नियमित उठ्न नसकेको काठमाडौँ महानगरपालिकाको फोहर अझै केहि दिन लाग्ने भएको छ । यसले गर्दा दुर्घन्धित भएको छ । सडकमा हिड्न सक्ने अवस्था छैन । फोहर व्यवस्थापनका लागि महानगरपालीकाले समय मै ध्यान नदिंदा यस्तो समस्या आएको हो ।

नियमित रुपमा फोहर संकलन गर्दै आएको नुवाकोटस्थित सिसडोलमा फोहर राख्ने स्थान भरिएकाले यसको अभाव हुँदा नियमित फोहर उठ्न सकेको छैन ।

फोहर व्यवस्थापन गर्ने स्थानको पहिचान नभएको र बाटो बिग्रिएको, कारणले फाहोर व्यवस्थापन गर्न समस्या आएको छ । बाटोको मर्मत कार्य र सिसडोलमा पनि थप व्यवस्थापनका लागि प्रयास भइरहेकोले फहोर उठ्न अझै करीब एक हप्ता लाग्ने महानगरपालिकाले जानकारी दिएको छ ।

महानगरका सहप्रवक्ता नवराज ढकालले यसपटक अन्य समयमा भन्दा छिटो पानी परेकाले, बाटो खाल्टाखुल्टीसँगै केही स्थानमा पहिरो सडकमा आएर बसेकाले नियमित फोहर व्यवस्थापन हुन नसकेको बताए ।

फहोर व्यवस्थापनका सबै काम सकी बढीमा आगामी हप्ताबाट नियमित रुपमा फोहर संकलन हुने हुँदा आ–आफ्ना घरबाट फहोर ननिकाल्न र घरमै संकलन गरि राख्न व्यवस्थापनमा सहयोग गरिदिन पनि निर्देशक ढकालले सबैलाई अनुरोध गरेका छन् ।

घर र सडकमा थुप्रिएको फोहरको डङ्गुरले गर्दा यसै फोहोरबाट रोग फैलने भएकाले यसलाई छिटो भन्दा छिटो व्यवस्थापन नगरे आवश्यक छ । अन्यथा यसले मानिसहरु रोगको शिकार बन्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्