सिटी एक्सप्रेस मनी ट्रान्सफरको भाइबर सेवा संचालन

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा पहिलो पटक भाइबर सेवा सुरु गरेको छ । उक्त भाइवर सेवा मार्फत ग्राहक महानुभावहरुले सहज रुपमा आफ्नो मोवाइल ल्यापटप, ट्यावलेट , कम्यूटर लगायतबाट रेमिटान्स सेवाको सम्पुर्ण जानकारी लिन सक्नुहुनेछ ।

ग्राहकरुले सिटी एक्सपे्रसको भाइबर सेवामार्फत आफुले पठाएको कारोबारको सम्पुर्ण जानकारी, विनिमय दर, एजेन्टको विवरण ग्राहक सेवातथाअन्य सम्बन्धित जानकारी लिन सक्नुहुनेछ ।यो सेवा सिटी एक्सप्रेस मनी ट्रान्सफरका ग्राहकरुले मात्र भनएर जोसुकैले पनि उपयोग गर्न सक्नुहुनेछ ।

सञ्जाल विस्तारको क्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरले देशका अधिकांश बैंक, विकास बैंक, फाइनान्स कम्पनी लगायतसँग पनि रेमिट्यान्स भुक्तानी सम्झौता गरेको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो करिब ५ हजार भन्दा बढि एजेन्टहरुद्वारा सेवा प्रदान गर्दै आईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्