फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायलाई परिचय पत्र वितरण
काठमाडौं । फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायलाई दैलेखको गुराँस गाउँपालिकाले स्थायी परिचयपत्र वितरण गरेको छ । गुराँस गाउँपालिकामा रहेका ४२ घरधुरीका १ सय ४९ जनालाई परिचयपत्र प्रदान गरिएको हो ।
अबदेखी राउटे समुदायले सामाजिक सुरक्षा भत्ता लगायत सरकारले दिने सबै सुविधाहरु परिचय पत्र देखाएर प्राप्त गर्नसक्ने भएका छन् । गुराँस गाउँपालिकाको वडा नम्बर ८ मा बसोबास गर्दै आएका राउटे समुदायलाई परिचयपत्र प्रदान गरिएको हो ।
गत जेठ ३१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राउटेको नामथर र ठेगाना खुल्ने गरी परिचयपत्र वितरणको व्यवस्था गर्न गाउँपालिकालाई परिपत्र गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्