काम ढिलो गर्ने ठेकेदार कम्पनीलाई कालो सुचीमा राखिंदै
काठमाडौं । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले समयमा काम सम्पन्न नगरेको भन्दै गृह मन्त्रालयमा नाम पठाएकामध्ये सन्तोषी–थेगिम निर्माण कम्पनी कालो सुचीमा पर्ने देखिएको छ ।
जिल्ला प्रशासन कार्यालयले समयमा काम सम्पन्न नगरेका २१ वटा आयोजनाका निर्माण कम्पनीको नाम जेठ १५ गते गृह मन्त्रालय पठाइएको थियो ।
जसमध्ये आधा दर्जनभन्दा बढी ठेक्का लिएको सन्तोषी–थेगिम कालो सूचीमा पर्ने देखिएको हो ।
जिल्ला प्रशासनले गृह मन्त्रालयमा नाम पठाएपछि अधिकांश निर्माण व्यवसायीले कामलाई निरन्तरता दिए पनि सन्तोषी–थेगिम जेभीले भने काममा ढिलासुस्ती गरेको डिभिजन सडक कार्यालयले जनाएको छ ।
कलुवापुर–बेलौरी सडकको ठेक्का लिएर लापर्वाही गरेको भन्दै डिभिजन सडक कार्यालयले दोस्रो पटक सूचना जारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्