अब २२० केभीमा ढल्केबर मुज्जफपुर प्रसारणलाइन , थप बिजुली आयात र निर्यात गर्न सकिने

काठमाडौं । ढल्केबर मुज्जफपुर अन्तरदेशिय प्रसारणलाइन अन्र्तगत नेपालतर्फको क्षमता बढेर २२० केभीमा पुगेको छ ।

धनुषाका ढल्केबरमा रहेको सवस्टेशनलाई २२० केभीमा स्तरोन्नोती गर्न शनिबार १६० एमभीए क्षमताको ट्रान्सफर्मर शनिबार साँझ चार्ज गरिएको छ ।

यस्तै १६० एमभीएको ट्रान्सफर्मर आईतबार चार्ज हुने नेपाल विद्युत प्राधिकरण विद्युत व्यापार विभागका प्रमुख प्रवल अधिकारीले बताए ।

दुबै ट्रान्सफर्मर चार्ज भएपछि सो प्रसारणाइनमार्फत २२० केभीमा थप बिजुली आयात र निर्यात गर्न सकिने उनले जानकारी दिए । आगामी १ वर्षमा सो प्रसारणलाइनलाई ४०० केभी क्षमतामा स्तरोन्नोती सम्पन्न हुने छ ।

यसपछि १ हजार २०० मेगावाट बिजुली आयात र निर्यात गर्न बाटो खुला हुनेछ । हालसमम सो प्रसारणलाइन १३२ केभीमा थिय केही ो । चीनको सीसीपीजीसंग ठेक्का तोडिएपछि आयोजना केही समय अन्यौलमा फसेको थियो । सो प्रसारणलाइनबाट १६० मेगावाटसम्म बिजुली आयात भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्