बेल्जियम तेस्रो स्थानमा, इङ्ल्यान्ड २–० ले पछाडि, हेजार्डले थपे गोल

काठमाडौं । तेस्रो स्थानका लागि भएको खेलमा इङ्ल्यान्ड २–० ले पछाडि परेको छ भने, बेल्जियम तेस्रो स्थान राख्न सफल भएको छ । बेल्जियमका थोमस मुनियर ३ मिनेट ३७ सेकेन्डमा गोल गर्दै विश्वकपमा सबैभन्दा छिटो गोल गर्ने बेल्जियम खेलाडी बन्न पुगेका छन् । मुनियर फ्रान्सविरूद्ध सेमिफाइनलमा टिमबाट बाहिर थिए । उनी यो खेलमा टिममा फर्किएका हुन् ।

कप्तान इडेन हजार्डको गोलसँगै बेल्जियमले ८२ मिनेटमा दोस्रो गोलको अग्रता बनाएको छ । इङ्ल्यान्डविरूद्ध पहिलो हाफमा एक गोलको अग्रता लिएको बेल्जियमले दोस्रो हाफमा पनि गोल गरेको हो ।

केभिन डि ब्रुयनले दिएको पासमा हजार्डले एक्लै बल अगाडि बढाउँदै पहिलो बार च्यापेर गोल गरेका थिए। बेल्जियमको पछिल्लो २५ खेलमा २५ गोल गर्न हजार्डको मुख्य भूमिका रहँयो। उनले १२ गोल गर्नुको साथै १३ गोलका लागि बल मिलाएका छन् ।

उनले नासेर चाड्लीको क्रसमा डिबक्स भित्रबाट गोल गरेका थिए। बेल्जियमले समूह चरणको खेलमा पनि इङ्ल्यान्डलाई १–० ले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्