सन्दर्भ निर्वाचनः पाकिस्तानमा बम आक्रमण, १२० जना मारिए, दर्जनौँ हताहत

काठमाडौं । पाकिस्तानको दक्षिणपश्चिमी बलोचिस्तान प्रान्तमा आयोजित एक निर्वाचर्न यालीमा भएको बम आक्रमणमा कम्तीमा १२० जनाको ज्यान गएको र दर्जनौँ घाइते र हताहत भएका छन्। ।

एक स्थानीय राजनीतिज्ञको जुलुसलाई एक आत्मघाती बम आक्रमणकारीले निशाना बनाई बम विष्फोट गरेको थियो ।

भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएका देशका भूतपूर्व प्रधानमन्त्री नवाज शरिफ स्वदेश फर्केका दिनमा सो घटना भएको हो ।
त्यसअघि उत्तरी नगर बन्नुमा भएको बम विस्फोटनमा चारजनाले ज्यान गुमाएका थिए ।

दुई दिनअघि पनि पेशावरमा आयोजित राजनीतिक भेलामा भएको आत्मघाती बम हमलामा २० जना मारिएका थिए । उक्त आक्रमण आफूले गराएको तालिबानले दाबी गरेको थिए ।

स्रोत: बिबिसि

प्रतिक्रिया दिनुहोस्