नेपाली सेनाद्वारा बाढी तथा पहिरो पीडितहरुको उद्दार

काठमाडौं । अविरल बर्षाको कारण देशको विभिन्न स्थानहरुमा गएको बाढी तथा पहिरो पीडितहरुको जनधनको क्षतिको न्युनीकरण गर्न उपलब्ध श्रोत साधनहरुलाई अधिकतम प्रयोग गरी नेपाली सेनाले उद्दार कार्य जारी राखेको छ ।

उद्दारका क्रममा आज बिहिबार श्री विष्णुदल गण, धुलिखेलबाट खटिएको टोलीले काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका २ पुलबजारमा डुबानमा फसेका ४ जनाको उद्दार गरेको । साथै, उक्त गण र फष्ट रेञ्जर बटालियनको डार्ट सहित नेपाली सेनाको हेलिकोप्टरद्वारा नमोबुद्ध नगरपालिका ६ रोशी खोलाको बीच ढुङ्गामा फसेका २ जनाको उद्दार गरेको ।

त्यस्तै उद्दारकै क्रममा श्री रणचण्डीदल गण, खरिपाटीबाट खटिएको टोलीले चाँगुनाराण नगरपालिका ७ मा अविरल वर्षाको कारण घर भत्किन पुरियर मृत्यु भएका ३ जनाको शव तथा घरका सामानहरु बाहिर निकाल्ने कार्यमा गरेको छ ।

कम्पोजिट क्विक रेस्पोन्स टिम, वीरदल गण सुर्यविनायक, नं.१ विपद् व्यवस्थापन गण सुन्दरीजल र नं.१४ वाहिनी अड्डा गौचरबाट खटिएको टोलीले डुबानमा परेका भक्तपुर जिल्लाको राधे राधे ईलाकाबाट ३० जना र मध्यपुर ठिमी ईलाकाबाट २० जनाको सकुशल उद्दार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्