एभरेष्ट इन्स्योरेन्सद्वारा १०५ प्रतिशत हकप्रद निष्कासनको लागि सेबोनमा निवेदन

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले १ सय ५ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । हाल सर्वसाधारणको मात्रै शेयर स्वमित्व रहेको कम्पनीले ५१ प्रतिशत संस्थापक शेयर संरचना कायम गर्न असार २१ गते धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।

कम्पनीले १० प्रतिशत बोनस शेयर वितरण पश्चात कायम हुने चुक्तापूँजीको सर्वसाधारण सदस्यहरुका लागि १ सय ५ प्रतिशत संस्थापक शेयर कायम हुने गरी हकप्रद जारी गर्ने भएको हो । कम्पनीको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी १३ करोड ६६ लाख रहेको भने हकप्रद पश्चात पूँजी २७ करोड ३९ लाख पुग्नेछ ।

१ सय ५ प्रतिशत हकप्रद शेयर जारी गरेपछि कम्पनीको शेयर संरचना ५१ः ४९ हुनेछ । त्यसपछि कम्पनीले पूँजी वृद्धिका लागि संस्थापक र सर्वसाधारणको लागि ३ सय प्रतिशत हकप्रद शेयर जारी गर्नेछ । उक्त हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब पुग्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्