वर्षाका कारण ठाउँ-ठाउँमा पहिरो र जोखिम

 

काठमाडौं । भक्तपुरको हनुमन्ते खोला, बनेपाको को बाढीका कारण भक्तपुर डुबानमा परेको छ । भक्तपुरका राधेराधे, जगाती, मध्यपुर ठिमी, सल्लाघारी, सिर्जनानगर, हनुमानघाट लगायतका क्षेत्र जलमग्न छन् ।

दुवाकोट, दक्षिणी बेल्ट, राधेराधे(निकोसेरा सडक, लिवाली, चाँगुनारायण ईट्टाभट्टाको तल्लो बेल्ट, ब्रम्हायणी, नगरकोट जाने नयाँबाटोलगायतका क्षेत्र पनि जलमग्न छन् ।

सिद्धि अस्पताल क्षेत्र पनि डुबानमा परेको छ । त्यहाँको एउटा पुल बाढीले बगाएको छ ।

बाढीले बस्ती डुबेपछि यातायात ठप्प भएको छ । मानिसहको घर र पसलमा बाढी पसेपछि खाद्यान्न लत्ताकपडा भिजेका छन् । बाढीले गर्दा बजार, शिक्षण संस्था पनि खुलेका छैनन् ।

काठमाडौँ– तराईका सीमावर्ती क्षेत्रमा भारतको बाँधका कारण हुने जोखिमबारे पहिलो पटक अध्ययन भए पनि पहाडमा हुने पहिरोको जोखिमबारे हालसम्म कुनै अध्ययन भएको छैन । न त सम्भावित पहिरो रोकथामको पूर्वतयारी नै हुने गरेको छ ।

जल उत्पन्न प्रकोप व्यवस्थापन विभागका उपमहानिर्देशक तथा प्रकोप न्यूनीकरण महाशाखाका प्रमुख नियाज वारिसले पहाडमा गएका जोखिमयुक्त पहिरो र सम्भावित क्षेत्रका बारेमा कुनै अध्ययन नभएको बताए ।

पहाडमा कति पहिरोका जोखिमयुक्त स्थान छन्, कति पहिरो गएको छ, यसको अभिलेख र नियन्त्रण गर्ने कार्ययोजना सरकारसँग छैन । पहिरोको समस्याबाट हरेक वर्ष मानवीय क्षतिका साथै भौतिक क्षति हुने गरेको छ ।

पहिरो रोकथाम तथा व्यवस्थापनका लागि रणनीतिक रूपमा कार्यक्रम बनाउनुपर्ने उपमाहानिर्देशक वारिसको भनाइ छ । उनले रातोपाटीसँग भने– ‘पहिरो नियन्त्रणका लागि हामीसँग मास्टर प्लानको अभाव छ, कुन ठाउँमा पहिरोको जोखिम छ । यसको अध्ययन आवश्यक छ, पहिरो नियन्त्रण नहुँदा नदी नियन्त्रण पनि कठिन हुने अवस्था छ ।’

उनले यी विषयलाई केन्द्रले हेर्ने कि प्रदेशले हेर्ने भन्ने विषयमा स्पष्ट नभएको उनले बताए । पहिरो नियन्त्रणका लागि माग धेरै आउने तर पर्याप्त बजेट नहुँदा थोरै मात्र काम हुने गरेको उनको भनाइ छ ।

जल उत्पन्न प्रकोप विभागअन्तर्गत पहिरो व्यवस्थापन शाखा पनि बनाइएको छ तर यो शाखाले देशका १० वटा ठूला पहिरो व्यवस्थापनको मात्र जिम्मेवारी पाएको छ ।

प्रतिक्रिया दिनुहोस्