क्रोएसियाले ६८ मिनेटमा गोल फर्कायो
काठमाडौं । क्रोएसियाले ६८ मिनेटमा गोल फर्काएको छ । लामो क्रस पासमा इभान पेरिसिचले गोल गरेका थिए । इङ्ल्यान्डले पहिलो हाफको ५ मिनेटमै किरन ट्रिपरको उत्कृष्ट फ्रिकिकमा अग्रता लिएको थियो । किरन ट्रिपरको उत्कृष्ट फ्रिकिकको सहयोगले क्रोएसियाविरूद्ध विश्वकपको सेमिफाइनलअन्तर्गत पहिलो हाफको खेलमा इङ्ल्यान्डले १–० को अग्रता कायम राखेको थियो ।
खेल सुरु भएको पाँच मिनेट भित्र ट्रिपरले २० यार्ड नजिकबाट हानेको बलले सिधै जाली चुमेको थियो। क्रोएसियाली कप्तान लुका मोड्रिचले इङ्लिस स्ट्राइकर डेले अलीलाई पछाडिबाट लडाएपछि प्राप्त ‘सेट पिस’ मा ट्रिपरले गोल गरेका थिए।
२००६ को विश्वकपमा इङ्लिस पूर्व कप्तान डेभिड बेक्हामले इक्वेडरविरूद्ध फ्रिकिकबाट सिधै गोल गरेको घटनाको १२ वर्षपछि ट्रिपरले पनि सोही प्रकृतिको गोल गरेका हुन।
क्रोएसियाले खेलको १२ मिनेटमा गोल फर्काउने अवसर पाएको थियो। तर, आन्टे रेबिचको फितलो प्रहार इङ्लिस गोलरक्षकले सहजै बचाएका थिए। ३६ मिनेटमा पनि डिबक्स बाहिर जेसी लिङ्गार्डले मौका पाएका थिए। तर, पोल बाहिर हाने। ह्यारी केनले उनलाई गोलको लागि अवसर जुराएका थिए ।















प्रतिक्रिया दिनुहोस्