न्यूनतम पारिश्रमिक २२ हजार नतोके आन्दोलन गर्ने ट्रेड यूनियनको चेतावनी

काठमाडौं । विभिन्न ट्रेड युनियन महासंघहरुले हालै सरकारद्वारा घोषित श्रमिकको न्यूनतम पारिश्रमिकले सामान्य जीवन यापन गर्न समेत कठिन हुने भन्दै सच्याउन माग गरेका छन् ।

नेपाल ट्रेड युनियन महासंघ स्वतन्त्र, समाजवादी लोकतान्त्रिक ट्रेड युनियन महासंघ, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ, स्वतन्त्र प्रजातान्त्रिक ट्रेड युनियन महासंघलगायत श्रमिक संघ÷संस्थाहरुले आज एक विज्ञप्ति जारी गर्दै सरकारले तोकेको पारिश्रमिकले सामान्य जीवनयापन गर्न पनि कठीन हुने भएको भन्दै पारिश्रमिक बढाउन माग गरेका हुन् ।

विभिन्न संघद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “सरकारले आफूहरुसँगको सहमति विपरीत पारिश्रमिक तोकेको छ । त्यसलाई तत्काल सच्याउन पर्छ । यसले किसिमको पारिश्रमिकले सामान्य भन्दा सामान्य जीवन यापन गर्न कठिन छ ।”

सरकारले आइतबार श्रमिकको न्यूनतम तलब मासिक रु. १३ हजार ४५० तोकेको थियो ।

विज्ञप्तिमा यस किसिमको न्यून पारिश्रमिकले बाच्न गाह्रो हुने र यसकै कारण स्वदेशमै काम गरिरहेका श्रमिक विदेशिनुपर्ने वाध्यात्कम अवस्था सिर्जना हुने गर्ने हुनाले न्यूनतम पारिश्रमिक २२ हजार पु¥याउन माग गरिएको छ । ट्रेड युनियनले तोकिएको पारिश्रमिकको निर्णय नसच्याए आन्दोलन गर्न वाध्य हुने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्