साउन १ देखि काठमाडौं उपत्यकामा टिपर चलाउन रोक
काठमाडौं । काठमाडौं उपत्यकामा टिपरका कारण दुर्घटनामा परि दिनानु दिन मानिसको मृत्य हुने गरेको छ । यसरी दिनानु दिन हुने दुर्घटनालाई न्युन गर्न गृह मन्त्रालयले उपत्यकाका तीन जिल्लामा दिनभर टिपर चलाउन रोक लगाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले आज काठमाडौँ, ललितपुर र भक्तपुरका सरोकारवाला निकायका पदाधिकारीलाई मन्त्रालयमा बोलाएर बिहान ५ बजेदेखि साँझ ८ बजेसम्म टिपर चलाउन रोक लगाउन निर्देशन दिनुभएको हो ।
तिब्र गितीमा चल्ने टिपरले दैनिक जसो मानिस किचेर मार्ने गरेको छ । ट्रापिक महाशाखाको तथ्यांक अनुसार सबैभन्दा बढि टिपरका कारणले दुर्घटना परि मृत्यु हुने गरेको छ ।
उक्त व्यवस्था आगामी साउन १ गतेदेखि लागू हुने गृह मन्त्रालयले जनाएको छ । यसले गर्दा उपत्यकामा हुने सवारी चापका साथै दुर्घटनामा पनि कमी आउने विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्