मन्त्री खनालद्वारा अनुगमन, कार्यालयको सेवालाई छिटो छरितो र सहज बनाउन निर्देशन

काठमाडौं । सरकारी कार्यालयमा हुने ढिला सुस्ती, बिचौलीयाको बिगबिगिले सेवाग्राहीहरुलाई दुःख दिईरहेको अवस्थामा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले कलंकीस्थित मालपोत कार्यालयको अनुगमन गरेका छन् ।

मन्त्री खनालले बुधवार कलंकी स्थीत मालपोत कार्यालयको अनुगमन गर्दै सेवाग्राहिलाई छिटो,छरितो र सहज बनाउन मालपोत कार्यालयका प्रमुखलाई निर्देशन दिएका हुन् ।

मन्त्री खनालले बुधबार कार्यालय समय सुरु हुनेबित्तिकै कलंकीस्थित मालपोत कार्यालयको एक्कासी अनुगमन गरेका थिए । राज्यमन्त्री रामकुमारी चौंधरीसहित मालपोत कार्यालय पुगेका उनले सेवाग्राहीलाई सहज हुने गरी कायालयको सेवालाई सहज र तिब्ररुपमा गर्न मातपोत कार्यालयका प्रमुख मालपोत अधिकृत नविन किशोर अधिकारीलाई निर्देशन समेत दिए ।

अनलाईन सेवा संचालन भएपनि इन्टरनेटका कारण त्यसमा समस्या आउने गरेको कर्मचारीले मन्त्री खनालसँग गुनासो गरे ।

मन्त्री खनालले सेवाग्राहीले बिचौलियाका कारण दुःख पाईरहेको गुनासो आएपछि उक्त कार्यालयमा अनुगमनमा थिए ।

अनुगमनका क्रममा उनले सेवाग्राहीहरुसँग मालपोतको सुधारका लागि सुझाव पनि लिएका थिए । यस अघि मन्त्री खनालले कालिमाटी फलपूmल तथा तरकारी बजार र बालाजु औद्योगिक क्षेत्रमा रहेको तीन वटा दुध उत्पादन कम्पनीहरुको पनि अनुगमन गर्दै सत्य तथ्यका आधारमा कारबाही गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्