सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो १२ औं बार्षिकोत्सवको उपलक्ष्यमा आज “बाल सारथी” संस्थालाई सामाजिक उत्तरदायित्व अन्र्तगत शौक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।
साथै सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रवन्ध निर्देशक चन्द्र टण्डनले “बाल सारथी” शैक्षिक सामाग्री हस्तान्तरणका लागि नगद रु ५०,००० /- पनि प्रदान गर्ने घोषण गरेका छन् ।
उक्त रकम त्यस संस्थामा अध्ययनरत ९० जना विद्यार्थीहरुको लागि एक हप्ताका लागि रासन पानीमा खर्च गरिने सो संस्थाका संस्थापक माला खरेलले जानकारी दिए ।
उक्त कार्याक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रवन्ध निर्देशक चन्द्र टण्डन लगायतका सिटी एक्सप्रेस मनी ट्रान्सफरको बजार व्यवस्थापकका टोली साथै बाल सारथीका सल्लाहकार एवम् नेपाल सरकारका पुर्व सचिव आत्माराम पाण्डेको पनि उपस्थिती रहेको थियो ।















प्रतिक्रिया दिनुहोस्