संयुक्त सीमा सुरक्षा बैठक असार अन्तिम सम्म बस्ने
नेपालगञ्ज । बाँके, बर्दिया र दाङ तथा भारतको बहराइच, श्रावस्ती र बलरामपुरका सीमावर्ती क्षेत्रका अधिकारीको संयुक्त सीमा सुरक्षा बैठकको तयारी प्रक्रिया अघि बढाइको छ ।
जिल्ला प्रशासन कार्यालयले बैठकका लागि भारतको बहराइच जिल्ला अधिकारीको कार्यालयमा पत्राचार गरिसकेको छ । भारतीय पक्षबाट बैठक बस्ने मितिसहितको पत्र प्राप्त भएपछि बैठक बस्ने प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिएका छन् ।
बैठकमा मुख्यतया लागुऔषध, मानव बेचबिखन, अवैध हातहतियारको ओसारपसार, सीमामा हुने आपराधिक गतिविधि नियन्त्रण, बाढी तथा डुबान हुन नदिन भारतीय पक्षले वर्षातमा बाँधको ढोका खोल्नुपर्ने, सीमा स्तम्भ लगायतका विषयहरुमा छलफल हुने प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी केसीका अनुसार दुबै मुलुकका सीमा क्षेत्रका अधिकारीको बैठक असारको अन्त्यसम्ममा बस्ने गरी तयारी अघि बढाइएको छ ।
प्रतिक्रिया दिनुहोस्