आर्थिक वर्ष ०७५/०७६ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ सहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मुलुकको अर्थतन्त्र ३० खरब ७ अरबको भएको बताएका छन् । आर्थिक वर्ष २०७५/०७६ को मौद्रिक नीति सार्वजनिक गर्दै उनले अर्थतन्त्र बढिरहेको बताए ।

उनले मौद्रिक नीति सार्वजनिक गर्दै अहिले देशको अर्थतन्त्रले लय समातेको भन्दै रोजगारी र उद्यमशील गतिविधिलाई प्रोत्साहित गरिने उनको भनाई छ । गभर्नर नेपालले विगत तीन वर्षदेखि नेपालको अर्थतन्त्र बढ्ने लयमा रहेको बताउदै उनले यो आर्थिक वर्ष पनि सोचेजस्तो अर्थिक बृद्धिदर हुने बताए ।

तराईमा आएको बाढीले कृषि क्षेत्रमा केही ह्रास आएको भएपनि उद्योग तथा सेवा क्षेत्रको योगदानले गर्दा अर्थतन्त्र बढ्ने उनको भनाई थियो । आर्थिक वर्ष २०७५/०७६ को मौद्रिक नीति सार्वजनिक गर्दै केन्द्र बैंकले आर्थिक बृद्धिदर पुरा गर्दै रोजगारी प्रवद्र्धन र उद्यमशीलतामा जोड दिएको छ ।

पूर्ण पाठ पढन तलको लिङ्कमा क्लिक गर्नुहोस् :

Monetary_Policy_(in_Nepali)–2075-76_(Full_Text)-new

प्रतिक्रिया दिनुहोस्