समता माइक्रोफाइनान्सको ५० प्रतिशत हकप्रद आजबाट खुल्ला

काडमाडौं । समता माइक्रोफाइनान्सको ५० प्रतिशत हकप्रद बुधबार (आषाढ २७ गते) देखि खुला भएको छ । माइक्रोफाइनान्सको हकप्रदमा असार ११ गतेसम्म कायम सेयरधनीले मात्र निवेदन दिन पाउनेछन् ।

कम्पनीले दुई बराबर एक अनुपातमा एक लाख ८९ हजार ६०० कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।
माइक्रोफाइनान्सको विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ । सेयरधनीले हकप्रदमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सक्नेछन् ।

साथै विक्री प्रबन्धकको केन्द्रीय कार्यालय तथा शाखा कार्यालय र लघुवित्तको केन्द्रीय कार्यालय सिमरा बाराबाट पनि हकप्रदमा भर्न सक्नेछन् ।

लघुवित्तको चुक्ता पूँजी तीन करोड ७९ लाख २० हजार रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी पाँच करोड ६८ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्