फ्रान्स फाइनलमा प्रवेशः फाइनलमा फ्रान्ससंग को भिड्ला, इङ्ल्यान्ड कि क्रोएसिया ?
एजेन्सी । फिफा विश्वकप २०१८ अन्तर्गत पहिलो सेमिफाइनलमा बेल्जियमलाई १–० ले पराजित गर्दै फ्रान्स फाइनल प्रवेश गरेको छ । दोस्रो हाफको ५१ औं मिनेटमा डिफेन्डर स्यामुएल उम्टिटीले फ्रान्सका लागि गरेको गोल निर्णायक सावित भएको थियो ।

विश्वकप फुटबलको फाइनल पुग्ने दोस्रो टोलीको टुंगो आज लाग्नेछ । फाइनल प्रवेशका लागि आज इङ्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार राती ११ः४५ बजे सुरु हुनेछ । क्रोएसिया २० वर्षपछि र इङ्ल्यान्ड २८ वर्षपछि अन्तिम चारमा पुगेका हुन् ।
अहिले सम्म फाइनल पुग्न नसकेको क्रोएसिया १९९८ मा आयोजक फ्रान्ससँग सेमिफाइनलमा पराजित भएको थियो । इङ्ल्यान्ड विश्व कप इतिहासमा एकपटक मात्र १९६६ फाइनल पुगेको थियो र टोली त्यहि बेला च्याम्पियन बनेको थियो ।















प्रतिक्रिया दिनुहोस्