रसुवामा आपत्कालीन हटलाइन सेवा शुरु

रसुवा । वर्षायाममा हुन सक्ने विपद् व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले रसुवामा हटलाइन टेलिफोन सेवाको सञ्चालन गरिएको छ ।

प्राकृतिक प्रकोप वा आकस्मिक घटनामा आम नागरिकलाई तुरुन्तै खबर दिन हट लाइन टेलिफोन सेवा सञ्चालनमा ल्याइएको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

जडान भएको ०१०५४००१९ नंम्वरको आपात्कालीन हटलाइन टेलिफोन चौबीसै घण्टा सञ्चालनमा आउने र विपद्का साथै शान्ति सुरक्षा, सरकारी कार्यालयको सेवा प्रवाह, स्थानीय तहले गरेका अनियमितता सम्बन्धी गुनासा सुन्ने र सो गुनासोको प्रतिक्रिया सम्बन्धित गुनासोकर्तालाई दिनेसमेतका कार्य उक्त हटलाइनबाट हुने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

कुनै पनि घटनाको जानकारी लिन चाहने इच्छुक व्यक्तिलाई पाँच मिनेटमै हटलाइनबाट घटनाको विवरण उपलब्ध गराउने व्यवस्था पनि मिलाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्