मिर्मिरे माइक्रोफाइनान्सको १०० प्रतिशत हकप्रद आजबाट खुल्ला

काठमाडौं । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको आज (असार २७ गते) देखि १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला भएको छ । माइक्रोफाइनान्सले १ः१ अनुपातमा ४ लाख ५० हजार कित्ता सेयर बिक्री गर्न लागेको हो । १०० रुपैयाँ अंकित मूल्यको यो हकप्रद साउन २९ गतेसम्म भर्न सकिनेछ । हकप्रदमा जेठ १७ गतेसम्म कायम सेयरधनीले मात्र निवेदन दिन सक्नेछन् ।

बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं सहित शाखा कार्यालयहरु लालदरवार काठमाडौं, लगनखेल ललितपुर, पोखरा, बुटवल, बीरगञ्ज र बिराटनगरबाट साथै, मिर्मिरेको बनेपा सहित अन्य शाखा तथा नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, नारायणगढ, बुटवल एवं धनगढी शाखाबाट पनि आवेदन दिन मिल्नेछ । धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्ने सुविधा छ ।

हाल माइक्रोफाइनान्सको चुक्ता पुँजी ४ करोड ५० लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ९ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्