पौलिन्हो पुनः चीनतर्फ, उनको स्थानमा बार्सिलोनाले कसलाई भित्रायो ?

एजेन्सी । ब्राजिलका मिडफिल्डर पौलिन्होलाई बार्सिलोनाले ५० मिलियन युरोमा ग्वान्जाओ एभरग्रान्डेलाई बेचेको छ । पौलिन्होलाई ग्वान्जाओबाटै गत सिजन ४० मिलियनमा बार्सिलोनाले नै किनेको थिए ।

पूर्व टोटनह्याम मिडफिल्डर पौलिन्होले गत सिजन निकै सुधारिएको प्रदर्शन गरेका थिए । २१ खेल सुरुवात गरेका उनले बार्सिलोनाका लागि ९ गोल र २ असिस्ट गरे । उनको सो प्रदर्शनस्वरुप उनले ब्राजिलको मिडफिल्डमा पनि स्थान पाएका थिए ।

तर अर्को सिजन सुरुवाती ११ मा आफ्नो स्थान पक्का नहुने देखेपछि पौलिन्हो पुनः चीनतर्फ फर्किने भएका छन् । पौलिन्होको स्थानमा बार्सिलोनाले ग्रेमियोका मिडफिल्डर अर्थरलाई किनि सकेको छ ।

अर्थर हाल ब्राजिलको क्लब ग्रेमियोबाट क्लब फुटबल खेल्दै छन् । बार्सिलोनाले २ १(वर्षे ब्राजिलियन मिडफिल्डरसंग ६ वर्षेको सम्झौता गर्दै ३० मिलियन युरोमा उनलाई भित्राएको हो ।

अब बार्सिलोनाको नजर चेल्सीका मिडफिल्डर विलियनप्रति रहेको छ । विलियन भित्राउन बार्सिलोना साथै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पनि लागिपरेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्