नारायणगढ–मुग्लिन सडकखण्ड आज पनि अवरुद्ध, यात्रुहरु अलपत्र

काठमाडौं । अविरल वर्षाका कारण विभिन्न स्थानमा झरेको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड आज पनि अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी सुशीलसिंह राठौरले दिएको जानकारी अनुसार मंगलबार बिहान पौने चार बजे तिर सडक खण्डमा ठूलो पहिरो खसेकाले नारायणगढ–मुग्लिन सडकखण्ड आज पनि अवरुद्ध बनेको हो ।

सो स्थानमा पानी यो समाचार तयार गर्दासम्म पनि पानी परिरहेको कारण अहिले पहिरो पन्छाउने कार्य गर्न समेत समस्या भएको छ ।

प्रहरी प्रमुख राठौरले, भने, ‘ प‘पानी केही कम हुनासाथ पहिरो हटाउन थाल्छौं, प्रहरी, उपकरण र आयोजनाका कामदारहरु सो स्थानमा पुगिसकेका छन्,’ एसपी राठौरले पहिरो हटाएर सडक सञ्चालन गर्न करिब १ः१२ बजेसम्म लाग्न सक्छ । ’

घुमाउनेको अलवा जलविरे, तोपेखोला लगायतका केही स्थानमा पनि साना–साना पहिरो खसेर सडकमा थुप्रिएको छ । त्यसलाई समेत हटाउने काम भैरहेको एसपी राठौरले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा रात्रि यात्रामा रहेका यात्रीहरु बीच बाटोमा नै अलपत्र परेका छन् ।
वर्षा लागेसँगै नारायणगढ(मुग्लिन सडकखण्डमा पटकपटक पहिरो गएर सडक बन्द हुँदै आएको छ । जसका कारण यात्रीहरु १२÷१३ घण्टासम्म जाममा बस्न बाध्य भएका छन् । नारायणगढ–मुग्लिन सडक खण्ड पटक पटक अवरुद्ध हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्