ललितपुर महानगरको बजेट चार अर्ब ५१ करोड ७२ लाख ७८ हजार प्रस्ताव
ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०७५/०७६ का लागि रु चार अर्ब ५१ करोड ७२ लाख ८७ हजारको बजेट प्रस्ताव गरेको छ ।
महानगरपालिकाले सोमवार आयोजना गरेको नगरसभामा बजेट प्रस्तुत गर्दै महानगर पालिकाकि उपप्रमुख गीता सत्यालले सरकार र प्रदेश सरकारबाट प्राप्त अनुदान, आन्तरिक स्रोत, सडक बोर्ड, अन्तर्राष्ट्रिय संस्थालगायत स्रोतका आधारमा अनुमानित आय प्रस्ताव गरिएको बताइन् । संघीय सरकारबाट रु ८९ करोड ७८ लाख आयको अनुमान गरिएको छ ।
प्रदेश सरकारबाट रु तीन करोड र आन्तरिक स्रोत रु एक अर्ब ७७ करोड ५४ लाख एक हजार आयको अनुमान गरिएको छ । अनुदान सशर्त र निःशर्त दुवै किसिमका रहेका छन् । अनुमानित व्ययमा प्रशासनिक खर्च, सामाजिक सुरक्षा भत्ता, आर्थिक, सामाजिक र पूर्वाधार विकासका क्षेत्रमा खर्च हुने अनुमान गरिएको छ ।
नगरसभाले पारित गरेको बजेट यही असार ३२ गते सार्वजनिक गरिने कार्यक्रम रहेको छ ।















प्रतिक्रिया दिनुहोस्