प्रोग्रेसिभ फाइनान्सले २८१ प्रतिशत हकप्रद सेयर निष्कासनका लागि तोक्यो बुक क्लोज मिति

काठमाडौं । प्रोग्रेसिभ फाइनान्सले २८१ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न फाइनान्सले साउन २३ गते बुक क्लोज गर्ने भएको छ । फाइनान्सले १ः२.८१ अनुपातमा ५९ लाख १ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । हकप्रद भर्न साउन २२ गतेसम्म सेयरधनीले बनि सक्नुपर्नेछ । यसको बिक्री प्रबन्धक सनराइज क्यापिटल हो ।

हाल फाइनान्सको चुक्ता पुँजी २१ करोड रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि फाइनान्सको चुक्ता पुँजी ८० करोड १ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्