८० हजार घुससहित इञ्जिनियर रङ्गेहात पक्राउ

जाजरकोट । जिल्ला प्राविधिक कार्यालय जाजरकोटका इञ्जिनियर अन्जयकुमार देवलाई ८० हजार घुससहित अख्तियारको टोलीले पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले इञ्जिनियर देवलाई साना सिंचाई आयोजनाको कार्य सम्पन्न प्रतिवेदन गराइदिने भन्दै उपभोक्ताबाट लिएको ८० हजार नगदसहित पक्राउ गरिएको अख्तियारका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए ।

अख्तियारका प्रहरी नायव उपरीक्षक रविन्द्र खनाल नेतृत्वको टोलीले देवलाई सोमबार बिहान उनकै कार्यकक्षबाट पक्राउ गरेको हो । यसबारेमा थप अनुसन्धान भैरहेको सूचना अधिकारी सापकोटाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्