संसदीय सुनुवाइ विशेष समितिले पायो पूर्णता (हेर्नुहोस सूचिसहित)

काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले पूर्णता पाएको छ । प्रतिनिधि सभाको सोमवार बसेको बैठकले समितिमा रहने सदस्यहरुको नाम सिफारिश गरेसँगै समितिले पूर्णता पाएको हो ।

समितिमा प्रतिनिधि सभाका १२ र राष्ट्रिय सभाका ३ जना सदस्य रहने व्यबस्था रहेको छ । राष्ट्रिय सभाले यसअघि नै तीन जनाको नाम सिफारिश गरिसकेको थियो ।

संसदीय सुनुवाई समिति गठन हुन नसक्दा संवैधानिक परिषद्वारा सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिश भएका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइ हुन सकेको थिएन् ।

हेर्नुहोस् नामावली:-

प्रतिनिधि सभाबाट 

१. अमृता थापा (नेकपा)

२. निरूदेवी पाल (नेकपा)

३. पार्वत गुरूङ (नेकपा)

४. पूर्णकुमारी सुवेदी (नेकपा)

५. योगेशकुमार भट्टराई (नेकपा)

६. शिवकुमार मण्डल केबट (नेकपा)

७. सुरेन्द्रप्रसाद पाण्डे (नेकपा)

८. ज्ञानेन्द्रबहादुर कार्की (नेका)

९. भिमसेनदास प्रधान (नेका)

१०. पुष्पा भुसाल गौतम (नेका)

११. लक्ष्मणलाल कर्ण (राजपा)

१२. राजेन्द्रप्रसाद श्रेष्ठ (संघीय समाजवादी फोरम)

राष्ट्रिय सभाबाट 

१. सुमन प्याकुरेल (नेकपा)

२. नन्दा चपाइँ (नेकपा)

३. जीतेन्द्र नारायण देव (नेका)

 

प्रतिक्रिया दिनुहोस्