चिकित्सा संघको चेतावनीपछि प्रधानमन्त्रीले डा.केसीसंग वार्ता गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीका मागलाई सम्बोधन गर्न नेपाल चिकित्सक संघका चर्काे दवावपछि वार्ता गर्ने भएका छन् ।

प्रधानमन्त्री ओली डाक्टर केसीका मागका विषयमा केहि सकारात्मक हुँदै प्रधानमन्त्रीको निजी सचिवालयले डाक्टर केसीसँग सम्वादका लागि वातावरण बनाइदिन नेपाल चिकित्सक संघ मार्फत आग्रह गरेको हो ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले त्यो सन्देश डा. केसीसम्म पुर्याई सकेको स्रोत बताएको छ । प्रधानमन्त्री ओली आफैंले डा.केसीसँग फोनमा नै सम्वाद गर्न चाहेको प्रधानमन्त्री स्रोतले जनाएको छ ।

चिकित्सक संघले आइतबार साँझ मात्र प्रधानमन्त्री ओलीलाई भेटेर डाक्टर केसीको जीवन रक्षा गर्न माग गरेका थिए । संघले ७२ घन्टा सरकारलाई पर्खने र नभए आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर आन्दोलनमा उत्रने चेतावनी दिएको थियो । त्यस किसिमको दवाव थेक्न नसकेपछि प्रधानमन्त्रीले अनसनरत डाक्टर केसीसंग फोन संवाद गर्ने भएका हुन् । प्रधानमन्त्रीले आइतबार संघको टोललिाई समेत भेट्न आनाकानी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्