स्वरोजगार लघुवित्तको १०० प्रतिशत हकप्रद आउँदै

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले साउन १३ गतेदेखि १०० प्रतिशत अर्थात १ः१ अनुपातमा १२ लाख २४ हजार ९७७.६० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । हकप्रदमा असार २७ गतेसम्म कायम रहने सेयरधनीले मात्र हकप्रद भर्न पाउनेछन् । लघुवित्तले हकप्रद बिक्री गर्न असार २८ गते बुक क्लोज गर्ने भएको छ ।

बिक्री प्रबन्धक एनएबि क्यापिटल नागपोखरी काठमाडौं तथा एनएमबि बैंकको उपत्यका भित्रका तिनकुने, टेकु, बसुन्धरा, कलंकी, लुभु, ठैब र सूर्यविनायक शाखा तथा उपत्यका बाहिरका अधिकांश शाखा कार्यालयबाट हकप्रद भर्न सकिनेछ ।

साथै, स्वरोजगार लघुवित्त बनेपा, कामना सेवा विकास बैंक ज्ञानेश्वर, सेन्ट्रल फाइनान्स कुपण्डोल र चाबहिल, गुडविल फाइनान्स हात्तिसार, इन्द्रचोक र कुमारीपाटीबाट पनि आवेदन दिन सकिन्छ ।

हाल लघुवित्तको चुक्ता पुँजी १२ करोड २४ लाख ९७ हजार ७६० रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि पुँजी २४ करोड ४९ लाख ९४ हजार ५२० रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्