सिनर्जी फाइनान्सको २५ प्रतिशत हकप्रद आजदेखि बिक्रि खुला

काठमाडौं । सिनर्जी फाइनान्सले १ः०.२५ को अनुपातमा २५ प्रतिशत अर्थात् ११ लाख ८६ हजार २२ दशमलव ४७ कित्ता हकप्रद आज असार २५ गतेदेखि हकप्रद बिक्रि खुला गरेको छ । कम्पनीको हकप्रद निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

लगानीकर्ताले प्रभु क्यापिटल कमलादी, सिनर्जी फाइनान्सको शाखा कार्यालयहरु र सीआश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट समेत आवेदन दिन सक्ने छन् । साथै मेरो शेयर अनलाइनबाट समेत हकप्रद भर्न सकिने छ ।

हाल फाइनान्सको चुक्ता पुंजी ४७ करोड ४४ लाख रहेको छ । २५ प्रतिशत हकप्रद पश्चात चुक्ता पुंजी ५९ करोड ३१ लाख पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्