इंग्ल्यान्ड विश्वकप जित्न सक्षम छः स्विडेन प्रशिक्षक एन्डरसन

एजेन्सी । रुस विश्वकप २०१८ को क्वाटरफाइनलमा इंग्ल्यान्डले स्विडेनलाई २–० ले हराउंदै सेमिफाइनलमा क्रोएसियासंग भेट पक्का गरेको छ । इंग्ल्यान्ड सन् १९९० पछि पहिलो पटक विश्वकप सेमिफाइनल पुग्न सफल भएको हो ।
स्विडेनका प्रशिक्षक जाने एन्डरसनले भने । “हो, इंग्ल्यान्डले यस पटकको विश्वकप जित्न सक्छ । इंग्ल्यान्ड बलियो र व्यवस्थित छ । इंग्ल्यान्डको खेलाडी र प्रशिक्षक त्यस आदरको हकदार पनि छन् ” ।
एन्डरसनले भने, “उनीहरु राम्रो फुटबल खेल्ने टोली हुन् । उनीहरुले विपक्षीहरुलाई खासै अवसर पनि दिंदैनन् ।”
इंग्ल्यान्डसंग क्वाटरफाइनलमा पराजित हुन अघि स्विडेनले अन्तिम १६ मा स्विट्जरल्यान्डलाई पराजित गरेको थियो । इंग्ल्यान्ड र क्रोएसियाको सेमिफाइनल खेल जुलाई ११ मा नेपाली समयअनुसार ११ः४५ बजे सुरु हुने छ ।
प्रतिक्रिया दिनुहोस्