क्यानाडामा उत्कृष्ट प्रदर्शन गर्दै सन्दीपले लिए २ विकेट

काठमाडौं । ग्लोबल टि–२० क्यानाडा अन्तर्गत मोन्ट्रियाल टाइगर्स र टोरन्टो नसनल्सको खेलमा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले २ विकेट लिएका छन् । सन्दीपको उत्कृष्ट प्रदर्शन बावजुद उनको टोली अन्तिम बलमा १ विकेटले पराजित भयो ।

पहिले ब्याटिङ गर्दै सन्दीपको टोली मोन्ट्रियाल टाइगर्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७६ रन बनाउन सफल रह्यो । जवाफमा टोरन्टोले पुरा २० ओभर खेल्दै १ सय ७९ रन जोडेको हो ।

अन्तिम बलमा मोन्ट्रियाललाई १ विकेट अथवा डट बल चाहिएको थियो भने टोरन्टोलाई २ रन । टोरन्टोले अन्तिम बलमा चौका प्रहार गर्दै जित हासिल गर्यो ।

४ ओभर बलिङ गरेका सन्दीपले ३४ खर्चिंदै २ विकेट लिदै ११ डट बल पनि फालेका थिए । अघिल्ला ३ खेलमा पनि सन्दीपले १–१ विकेट लिएका थिए । सन्दीप १ खेल कम खेलेर पनि प्रतियोगितामा सर्वाधिक विकेट लिने सुचीमा उनी १० औं स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्