४ नं. प्रदेशलाई तमुवान मगरात प्रदेश नामाकरण गर्न माग गर्दै आज गण्डक बन्द 

काठमाडौं । प्रदेश नं ४ को नाम गण्डकी प्रदेश राख्ने प्रस्ताव गत शुक्रबार दुइतिहाई बहुमतले पारित गरिसकेको अवस्थामा तमुवान मगरात संघर्ष समिति र नेपाल आदिवासी जनजाति महासंघले गण्डकी प्रदेशलाई तमुवान मगरात प्रदेश नाम राख्नुपर्ने मागसहितगण्डकी बन्द गरेको छ । तर। यसका भप्रभाव भने सामान्य  मात्र परेकोे छ ।

बन्दका कारण बिहानैदेखि सार्वजनिक यातायात च्लन दिएको छैन । शैक्षिक संस्थामा पनि पठनपाठन हुन सकेको छैन । पोखरामा बिहानैदेखि अविरल पानी परेता पनि बन्दकर्ता बजारका विभिन्न चोकमा बन्द सफल बनाउन परिचालित छन् ।
बन्द हालसम्म शान्तिपूर्ण नै रहेको कास्की प्रहरीका प्रवक्ता रवीन्द्रमान गुरुङले बताउनुभयो । प्रदेशसभा बैठकले साविक प्रदेश नं ४ को नाम गण्डकी राख्ने प्रस्तावलाई गत शुक्रबार दुइतिहाई बहुमतले पारित गरी सकेको छ ।

प्रतिक्रिया दिनुहोस्