विश्वकपका २०१८ को सेमिफाइनल खेलहरुः कहिले र कति बेला ?

काठमाडौं । रुस विश्वकप २०१८ को सेमिफाइनल समिकरण पुरा भएको छ । अन्तिम ४ मा चारवटै युरोपका राष्ट्रहरु पुगेका छन् । अन्तिम ४ मा फ्रान्स, बेल्जियम, इंग्ल्यान्ड र क्रोएसिया पुगेका छन् ।
समूह ‘सी’ को विजेताका रुपमा अन्तिम १६ प्रवेश गरेको फ्रान्सले अर्जेन्टिना र उरुग्वेलाई हराउंदै सेमिफाइनलमा स्थान बनाएको छ । उसले सेमिफाइनलमा बेल्जियमको सामना गर्ने छ ।
त्यस्तै समूह ‘जी’ को उपविजेता इंग्ल्यान्ड सेमिफाइनलमा आफ्नो स्थान सुनिश्चित गरेको छ । गए राति आयोजक रुसलाई पेनाल्टीमा पराजित गरेको क्रोएसियासंग इंग्ल्यान्ड सेमिफाइनलमा भिड्ने छ ।
पहिलो सेमिफाइनल
फ्रान्स विरुद्ध बेल्जियम
मितिः जुलाई १० (आषाढ २६)
समयः रातिको ११ः४५ बजे
दोस्रो सेमिफाइनल
इंग्ल्यान्ड विरुद्ध क्रोएसिया
मितिः जुलाई ११ (आषाढ २७)
समय: रातिको ११ः४५ बजे















प्रतिक्रिया दिनुहोस्