दक्षिण एशियाली महिला फुटबल यू १५ मा नेपाल समूह बी मा
काठमाडौँ । दक्षिण एशियाली महिला फुटबल, अन्डर –१५ च्याम्पियनसिपमा नेपाल समुह बीमा परेको छ । जसमा नेपालले पहिलो खेल पाकिस्तानसंग खेल्ने भएको छ । शनिबार सार्वजनीक गरिएको ड्र अनुसार नेपालले अगष्ट ११ मा पाकिस्तानसंग पहिलो खेल खेल्नेछ ।
समुहको अन्तिम खेलमा अगष्ट १३ मा बंगलादेशसंग खेल्नेछ । साफ अन्डर १५ प्रतियोगिता भुटानको थिम्पुमा अगष्ट ९ मा सुरु हुँदैछ । नेपाल रहेको समुहमा बंगलादेश र पाकिस्तान छन् । १० दिन सम्म चल्ने प्रतियोगितामा नेपाल सहित दक्षिण एसियाका ६ टोलीले सहभागिता जनाउने भएका छन् ।
यस्तै साफ यू –१८ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपालले पाकिस्तानसँग खेल्नेछ । शनिबार भएको ड्र मा नेपाल समुह बी मा परेको छ । सो समुहमा नेपालसँगै भुटान, बङ्गलादेश र पाकिस्तान रहेका छन् ।
त्यस्तै समुह ए मा आयोजक भारत, श्रीलङ्का र माल्दिभ्स परेका छन । सेप्टेम्बर २८ देखि अक्टोबर ७ सम्म भारतमा हुने प्रतियोगितामा दक्षिण एसियाका १८ बर्ष मुनिका ७ देशका महिला टोलीहरु सहभागिता रहनेछ ।
नेपालले समुह चरणको पहिलो खेलमा पाकिस्तानसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।















प्रतिक्रिया दिनुहोस्