आमरण अनसन बसेका विद्यार्थीको अवस्था नाजुक, दुइ जनाको आइसीयूमा उपचार हुदै

सुर्खेत । आमरण अनसनरत मध्यपश्चिमाञ्चल विश्वविद्यालय इञ्जिनियरिङ संकायका विद्यार्थीहरुको अवस्था नाजुक बन्दै गएको छ ।

स्वास्थ्यमा जटिल समस्या उत्पन्न भएपछि आमरण अनसन बसेको छैटौं दिनमा अर्का विद्यार्थी मिलन बिसीलाई आइतबार अस्पताल भर्ना गरिएको छ । उनलाई स्थानीय देउती अस्पतालमा उपचारका लागि ल्याइएको छ । यसअघि नै रोशन बस्नेत र रत्नकुमार शर्मालाई आइसीयूमा राखेर उपचार भइरहेको छ ।

विद्यार्थीहरुले इञ्जिनियरिङ संकायलाई स्वायत्त गराइनुपर्ने, १० प्रतिशत विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्ने, सम्पूर्ण विषयगत शिक्षकहरुको उचित व्यवस्था गरिनुपर्ने र पुस्तकालयमा प्रयाप्त पुस्तकहरुको व्यवस्था गरिनुपर्नेलगायत ७ बुँदे मागहरु राखेर ६ दिनदेखि आमरण अनसन बसिरहेका छन् ।

यस्तै विश्वविद्यालयका पदाधिकारीहरुले आफ्ना मागहरुलाई पूरा गर्न लचिलो नभएको भन्दै आइतबारदेखि ९ जना विद्यार्थीहरुले पनि भोक हड्ताल सुरु गरेका छन् ।

विश्वविद्यालयका उपकुलपति, राजिष्टारसहितको टोलिसँग विद्यार्थीहरुले आफ्ना मागका विषयमा वार्ता बसे पनि बिना निश्कर्ष सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्