राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख भुसाल पदमुक्त

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसाल पद मुक्त भएका छन् । उनले आइतवारबाट आफू जिम्मेवारीबाट मुक्त भएको बताएका छन् ।

निर्वाचनका बेला आचारसंहिता लागू भएपछि भएका नियुक्तिहरू खारेज गर्ने मन्त्रिपरिषद्को निर्णय आफ्नो हकमा पनि लागू हुने सरकारको आशय पाएको भन्दै जिम्मेवारी छाड्ने निर्णय गरेको उनले बताए ।

गत वर्षको कार्तिक ६ गते शेरबहादुर देउवा नेतृत्वको सरकारले उनलाई सो पदमा नियुक्त गरेको थियो । नेपाली कांग्रेस नेतृत्वको सरकारको पालामा नौ महिनाअघि उक्त पदमा नियुक्त भएका भुसालले कांग्रेस सरकारको पालामा चार महिना र त्यसपछि झण्डै पाँच महिना प्राधिकरणमा बिताएका छन् ।

तीन वर्षयता प्राधिकरणको नेतृत्व चार पटक फेरिएको छ । अब नियुक्त हुने व्यक्ति पाचौँ हुने छन् ।

 

प्रतिक्रिया दिनुहोस्