भानुभक्त आचार्यको जन्मजयन्तीका अबसरमा धुर्मुस–सुन्तली फाउण्डेशन, पत्रकार र साहित्यकारलाई सम्मान
काठमाडौ । यही असार २९ गते हुने आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले धुर्मुस–सुन्तली फाउण्डेशन, पत्रकार तथा साहित्यकारलाई पुरस्कृत गर्ने भएको छ । यो कुराको प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीले काँकडभिट्टामा आयोजना हुने कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको नाममा स्थापित रु १ लाख १ हजार, राशिको ‘भानु पुरस्कार’ धुर्मुस–सुन्तली फाउण्डेशनका सञ्चालक सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई प्रदान गरिने जानकारी दिए ।
त्यस्तै कृष्ण–पवित्रा उप्रेती प्रष्ठिानद्वारा स्थापित रु २५ हजार राशिको ‘धनमाया–देवकुमारी, हेमराज–मेदनी खरेल प्रतिष्ठानबाट प्रदान गरिने रु २५ हजार राशिको ‘साहित्यिक पुरस्कार’ प्रगतिशील लेखक संघका झापा अध्यक्ष राजेन्द्र सङ्ग्रौलालाई , प्रजापति उप्रेती पत्रकारिता पुरस्कार’ ‘नागरिक’ दैनिकका क्षेत्रीय सम्पादक राजु अधिकारीलाई र रु १५ हजार राशिको ‘भानु प्रतिभा पुरस्कार’ जेठा मुर्मुलाई प्रदान गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्