५० प्रतिशत हकप्रद निष्कासनका लागि एनसीसी बैंकले तोक्यो बुक क्लोजको मिति

काठमाडौं । एनसीसी बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि साउन १५ गते बुक क्लोज गर्ने भएको छ । बैंकले २ः१ अनुपातमा २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता सेयर बिक्री गर्न लागेको हो । हकप्रदमा अब साउन १४ गतेसम्म कायम रहने सेयरधनीले आवेदन दिन पाउनेछन् । बैंकको धितोपत्र निष्काशा तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।

हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ६७ करोड ९० लाख ५८ हजार रुपैयाँ छ । बैंकले यही पुँजीको ५० प्रतिशत हकप्रद बिक्री गर्न लागेको हो । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ७ अर्ब १ करोड ८५ लाख ८७ हजार रुपैयाँ पुग्नेछ । ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन नपुग रकम अब बैंकले बोनस सेयर दिएर पुर्याउनेछ ।

प्रतिक्रिया दिनुहोस्