शुभम पावरको साधारण सेयरमा आवेदन गर्ने आज अन्तिम दिन

काठमाडौं । शुभम पावरले जेठ निष्काशन गरेको साधारण सेयरमा (आईपिओ) आवेदन गर्ने आज आईतबार अन्तिम दिन रहेको छ । शुभमले आयोजना प्रभावित संखुवासभाका स्थानीय बासिन्दाका लागि जेठ २० गतेदेखि २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता आईपिओ निष्कासन गरेको थियो ।

कम्पनीले आयोजना प्रभावित संखुवासभाका स्थानीयलाई १० प्रतिशत आईपिओ निष्कासन गरेको हो । उक्त आईपिओमा न्युनतम ५० देखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।

कम्पनीको आईपिओमा आइतबार (असार २४ गते) कार्यालय समयसम्म शुभम पावरको कार्यालय चैनपुर संखुवासभा, एनएमबि माइक्रोफाइनान्सको तुम्लिङटार र मामलिङ शाखाबाट सेयर भर्न सकिनेछ । यसैगरी, प्राइम बैंकको खाँदबारी र तुम्लिङटार तथा एभरेष्ट बैंक र सेन्चुरी बैंकको खाँदबारी शाखाबाट पनि सेयरमा आवेदन गर्न सकिनेछ ।

आयोजना प्रभावितलाई निष्कासन गरेको आईपिओ बाँडफाँड पश्चात २० प्रतिशत अर्थात ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपिओ सर्वसाधारणलाईै निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्