टाइब्रेकरमा चम्कियो क्रोएसियाको भाग्य, बाहरियो रसिया

एजेन्सी । क्रोएसिया रसियामा जारी विश्व कप २०१८ को सेमिफाइनलमा पुगेको छ । निर्धारित र थप समय खेल २–२ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा क्रोएसिया ४–३ ले विजयी हुँदै अन्तिम चारमा पुगेको हो । दुवै गोलकिपरले एक एक पेनाल्टी रोकेपनि रसियाका मारियो फर्नान्डेजले टाइब्रेकरमा गोल गर्न नसक्नुनै अन्ततः निर्णायक बन्यो ।

क्रोएसियाका गोलकिपर डानिजे सुवासिचले रसियाका फेडोर स्मोलोभको पेनाल्टी रोकेका थिए । क्रोएसियाका लागि मार्सेलो ब्रोजोभिकले पहिलो पेनाल्टीमा गोल गरे भने माटेउ कोभासिसको पेनाल्टी रसियाका गोलकिपर इगोलर अकिनफिभले रोके ।

रसियाका लागि दोस्रो पेनाल्टी हानेका एलान डजागोभले गोल गरे । तर फर्नान्डेजको प्रहार पोस्ट नजिकबाट बाहिरिएपछि रसिया पछि परेको थियो । क्रोएसियाका लागि तेस्रोमा लुका मोड्रिच र चौथोमा डोमागोज भिडाले गोल गरे ।

उता रसियाका चौथोमा सेरेगेइ इगानसेभिचले र डालेन कुजेयभले गोल गर्दा खेल टाइब्रेकर ३–३ को बराबरीमा थियो । अन्तमा क्रोएसियसाका इभान राकिटिकले गोल गर्दै टोलीलाई जित दिलाए ।

यो सँगै रसिया विश्व कपको समिकरण पुरा भएको छ । क्रोएसियाले अब इङ्ल्यान्डसँग सेमिफाइनल खेल्नेछ । यसअघि भएको सेमिफाइनलमा स्विडेनलाई २–० ले हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा पुगेको थियो । फ्रान्स र बेल्जियम यसअघि नै सेमिफाइनल पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्