सिभिल बैंकले तोक्यो ४० प्रतिशत हकप्रद निष्काशनको मिति

काठमाडौ । सिभिल बैंकले ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने मिति तोकेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बराबरको २ करोड ७ लाख ४० हजार ८८७ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको छ । बैंकले मंसिर २२ गतेदेखि १०० रूपैयाँ अंकित मूल्यको दरमा पुस २७ गतेसम्म सेयर निष्काशन गर्नेछ ।

बैंकले हकप्रद सेयर निष्काशन गर्नका लागि मंसिर ५ गते सेयरधनी पुस्तिका बन्द गरिसकेको छ । मंसिर ४ गते सोमबारसम्म कायम सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन ।
बैकको हाल ५ अर्ब १८ करोड चुक्तापूँजी रहेको हकप्रदपछि बैकको चुक्तापँजी ७ अर्ब २५ करोड ९३ लाख १० हजार ३६२ रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्