प्रधानमन्त्रीको ठाडो आदेशमा उपकुलपतिलाई विमानस्थलबाट बालुवाटार फर्काइयो

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ ।

क्यानडामा आयोजित १७ औं संस्कृत सम्मेलनमा सहभागी हुन ७ जना सदस्य सहित उपकुलपति कोइराला क्यानडा जान लाग्दा शनिबार बेलुका प्रधानमन्त्रीको ठाडो आदेशमा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमाबाट फर्काइएको हो ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार बेलुका नै प्रहरीको गाडीमा राखेर प्रधानमन्त्रीको निजीनिवास बालुवाटार लगिएको थियो ।

लगेज चेक गराउने, कागजपत्र देखाउने लगायतको काम भइरहेको बेला डीआईजी कमलबहादुर आएर ‘हजुरलाई प्रधानमन्त्री ज्यूले बोलाउनुभएको छ बालुवाटार जाऔं भनि भनेको कुरा भिसि कोइरालाले बताए ।
यसरी क्यानडामा कार्यक्रममा भाग लिन जान लागेका भिसि कोइरालालाई शनिबार साँझ प्रहरीले विमानस्थलबाटै पक्रेर प्रधानमन्त्री निवास बालुवाटार पुर्याइयो । कोइरालाका अनुसार प्रहरीले उनलाई बालुवाटारको एउटा कोठाभित्र करिब एकघण्टा थुनेर राखेको थियो ।

प्रधानमन्त्रीज्यूले भेट्न खोजेको भन्दै बालुवाटार लगिए पनि प्रधानमन्त्रीसँग भेट्न नदिई जहाज उडिसकेपछि मात्रै कोइरालालाई घर फर्काइएको थियो ।

कोइराला तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका पालामा संस्कृत विश्वविद्यालयमा उपकुलपतिको जिम्मेवारी पाएका थिए । उनले आफूलाई राजनीतिक प्रतिशोधका कारण सरकारले विदेश जान रोक लगाएको दाबी गरे ।

उपकुलपति कोइरालाले प्रधानमन्त्री ओली र यो सरकारलाई ज्ञानेन्द्र शाहसँग तुलना गर्दै भने, म ज्ञानेन्द्र शाहसंग लडेको मानिस हुँ ‘मैले ज्ञानेन्द्रविरुद्ध जे गरेको थिएँ, ओलीविरुद्ध पनि त्यही गर्नेछु ।’
भिसि डा. कोइराला बालुवाटार फर्काउँदै गर्दा प्लेन उड्ने समय हुनै लागेको थियो । उनले भने, ‘एकैछिन त हो, प्रधानमन्त्री ज्यूलाई भेटेपछि फर्किनु होला बालुवाटार फकाईपछि अरु ६ जना साथीहरु प्लेनतिर जानुभयो, मलाई भने डीआईजीको गाडीमा राखियो र सीधै बालुवाटार पुर्याइयो उनले भने,‘ म बालुवाटार पुगेको थाहा पाएपछि शिक्षा मन्त्रालयका सचिव खगराज बराल र सहसचिव विनोद कुँवर पनि आउनुभयो । प्रहरीहरुले एकदमै राम्रो व्यवहार गरे । आदरपूर्वक राखे । हजुर हजुर भन्दै सम्बोधन गरे । तर, अपमान त प्रधानमन्त्रीबाट भयो । राति ८ बजे प्लेन उड्ने समय थियो । ८ बजेपछि ‘प्रधानमन्त्रीले टाइम मिलाउन सक्नुभएन’ भन्दै मलाई बालुवाटारबाट फर्काइयो । यो भन्दा दुरव्यवहार के हुनु ।’

उनले क्यनडामा हुने कार्यक्रममा भाग लिन जानको लागि अनुमति र सबै प्रक्रिया पुरा गरेको बताए । उनले भने, ‘ सरकारले ७ सदस्यीय टोलीलाई विदेश पठाउने भनेर स्वीकृत गरेको छ । हामीले कार्यकारी परिषदबाट पनि निर्णय गराएका छौं । सहकुलपति (शिक्षामन्त्री) लाई त्यसबारे जानकारी गराएका छौं । ’

उनले देश बाहिर जानुपरेमा एक साताअघि सहकुलपतिलाई जानकारी गराउने व्यवस्थाअनुसार मैले असार १५ गते नै शिक्षा मन्त्रालयमा निवेदन दिएको र बजेट पनि स्वीकृत गरिएको बताए । उनले सरकारबाट कार्यक्रमै अस्वीकृत भएको होइन, भीसी (उपकुलपति) मात्रै सरकारलाई अस्वीकृत भएको बताए ।

उनले सन् २०२४ मा नेपालमा संस्कृत सम्मेलन गर्ने भनेर हामी तयारीको लागि क्यानडाको सम्मेलनमा त्यही प्रस्ताव लिएर जान लागेको तर, राजनीतिक कारणले आफुलाई जान रोक लगाएको दावी गर्दै उनले यसबाट अन्तर्राष्ट्रियस्तरमा नेपालको बेइज्जत भएको बताए ।
राजनीतिक कारणले नेपाल संस्कृत विश्वविद्यालयका भीसीलाई सम्मेलनमा आउन दिइएन भनेर विदेशमा पनि व्यापक समाचार आइरहेका उनले बताए । उनले भने, ‘म नेपाल संस्कृत विश्वविद्यालयको कार्यकारी मात्र हुँ । यहाँ त देशको नै बेइज्जत भएको छ । उनले यो घटनाले नेपाल, ओली सरकार राजनीतिक रुपमा कत्ती ग्रस्त र अलोकतान्त्रि छ भन्ने कुरा प्रष्ट भएको छ ।’

 

प्रतिक्रिया दिनुहोस्