स्विडेनलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा

एजेन्सी । रुस विश्वकप २०१८ को तेस्रो क्वाटरफाइनल खेलमा इंग्ल्यान्डले स्विडेनलाई २–० ले पराजित गरि इंग्ल्यान्डले सेमिफाइनलमा आफ्नो स्थान सुनिश्चित पनि गरेको छ ।

खेलको ३० औं मिनेटमा इंग्ल्यान्डका ह्यारी म्याग्वाएरले एस्ली योङको कर्नरमा हेडिङ गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा जेसे लिन्गार्डको क्रसमा डेले अलिले हेडिङ गर्दै इंग्ल्यान्डको जित सुनिश्चित गरेको हो । समूह ‘जी’ को उपविजेताका रुपमा अन्तिम १६ प्रवेश गरेको इंग्ल्यान्डले प्रि–क्वाटरफाइनलमा कोलम्बियालाई पेनाल्टीमा हराउन सफल भएको थियो ।

अब इंग्ल्यान्डले क्रोएसियासंग सेमिफाइनल खेल्ने छ । अर्को सेमिफाइनलमा फ्रान्स र बेल्जियम भिड्ने पक्का भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्