पूर्व राजा ज्ञानेन्द्र शाहको ७२ औं जन्मोत्सव भव्यताकासाथ मनाईंदै

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहको ७२ औं जन्मोत्सव शनिबार नेपालगञ्जमा भव्यताकासाथ विभिन्न कार्यक्रम गरी मनाइदैे छ ।

जन्मदिनका अवसरमा पूर्व राजाले शनिबार बिहान नेपालगञ्जको बागेश्वरी मन्दिरमा दर्शन गरेका छन् ।
नेपालगंन्ज होटल सोल्टीमा बिहान ११ बजेपछि समर्थकहरुलाई शुभकामनाका लागि भेटघाट गर्ने कार्यक्रम व्यवस्थापन मिलाएको छ ।
पूर्व राजा ज्ञानेन्द्र आफो जन्मोत्सव मनाउनका लागि पूर्व राजा पत्नी कोमल, छोरा पारस, बुुहारी हिमानी, छोरी प्रेक्षा, नाति नातिनासहित दुई दिनअघि नै नेपालगञ्ज पुगेको थिए ।

पूर्व राजाको जन्मोत्सवका अवसरमा राजावादीले नागरिक समारोेह तथा धार्मिक संस्थाहरु बाजागाजा सहित पूर्व राजा ज्ञानेन्द्रलाई शुभकामना दिन पुगेका छन् ।

राजा वादी संघ÷संथा तथा धार्मिक संघहरुले अझै पनि राजसंसथा पुनःस्थापना गर्न जोडदार रुपमा लागिरहेको छन् ।

प्रतिक्रिया दिनुहोस्