फ्रान्स र बेल्जियम विश्वकप सेमिफाइनलमा प्रवेश

काठमाडौं । विश्वकप क्वाटर फाईनल पहिलो खेलमा उरुग्वेलाई २–० ले हराउँदै फ्रान्स र दोस्रो खेलमा बेल्जियमले ब्राजिललाई २–१ गोल अन्तरले हराउदै विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार राति भएको खेलमा फ्रान्सलाई जिताउन राफेल भराने र एन्टोनी ग्रिजम्यानले गोल गरे । खेलको ४० औं मिनेटमा भरानेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । त्यसपछि ६१ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै टिमलाई सहज जित दिलाए ।

त्यस्तै दोस्रो खेलमा बेल्जियमले ब्राजिललाई खेलको १३ औं मिनेटमा अग्रता लिन सफल भयो । नसिर चाड्लीको कर्नरमा फर्नान्डिनोको आत्मघाती गोलमा बेल्जियमले खेलमा अग्रता लिएको हो । खेलको ३१ औं मिनेटमा केभिन डि ब्रुयनले गोल फेरी काउन्टर –अट्याकमार्फत बेल्जियमले आफ्नो अग्रता दोब्बर पुर्यायो ।
यस जित संगै फ्रान्स र बेल्जियम सेमी फानलमा प्रवेश गरेका छन् भने क्वाटर फाइनल खेलमा हार ब्यहोरेका उरुग्वे र ब्राजिल घर फर्केका छन् ।

 

प्रतिक्रिया दिनुहोस्