हिमालयन जनरल इन्स्योरेन्सले प्रस्ताव गर्यो लाभांस
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई १५ प्रतिशत नगद लाभांस मात्र बितरण गर्ने प्रस्ताव गरेको छ । इन्स्योरेन्सले बीमा समितिको निर्देशन अनुसार पूँजी तयार गरिसकेको हुनाले बोनस सेयर बितरण नगर्ने भएको छ ।
इन्स्योरेन्सको गत असार मसान्तमा चुक्ता पूँजी ३८ करोड ५२ लाख रुपैंया थियो । उक्त रकमको १५ प्रतिशतले हुने ५ करोड ७७ लाख ८० हजार रुपैंया बराबरको नगद लाभांस बितरण गर्ने प्रस्ताव इन्स्योरेन्स सञ्चालक समितिले गरेको हो । अहिले इन्स्योरेन्सले १६६.६७ प्रतिशत हकप्रद निष्काशन गरी चुक्ता पूँजी १ अर्ब २ करोड ४७ हजार रुपैंया पुर्याएको छ ।
कम्पनीले प्रस्ताव गरेको लाभांस आगामी साधारण सभाबाट पारित भए पछि मात्र लगानीकर्ताले पाउने छन् । इन्स्योरेन्सले गत असार २८ देखि भदौ ९ गतेसम्म १६६.६७ प्रतिशत हकप्रद बिक्री गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्