मेरो वर्ष अभियान : थप तीन सहित आठ वटा प्रतिबद्धता

काठमाडौं । नसर्ने रोग तथा खतरनाक रोगहरुको भयाभहरुपमा फैलि रहेको अवस्थामा रोगहरुलाई नियन्त्रण गर्न सरकारले सबै नागरीकलाई सचेत गराउनका लागि मेरो वर्ष अभियान थप गर्दै निरन्तरता दिदैँ आएको छ ।

यस्तै राष्ट्रिय स्वास्थ शिक्षा, सूचना तथा सञ्चार केन्द्रका जनस्वास्थ अधिकृत उपेन्द्र ढुङ्गानाले नसर्ने रोगको भार बढ्दै गएको बताएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा आयोजित अन्तरक्रिया कार्यक्रममा जनस्वास्थ्य अधिकृत ढुङ्गानाले एक तिहाई जनसंख्यामा उक्त रक्तचाप र १५ प्रतिशतमा मधुमेह, हरेक वर्ष ८ देखि १० हजार नयाँ क्यान्सर बिरामी हुदै गएको बताए । उनले धुम्रपान, मध्यपान, वातावरणीय पक्ष तथा खानपानजस्ता कारणले मानिस रोगको सिकार बन्दै गएको बताए ।

उनले यसको रोकथामको लागि नसर्ने रोगको भार र न्यूनिकरणको लागि म स्वास्थ, मेरो देश स्वास्थ नाराको साथ सञ्चालन भएको ‘मेरो वर्ष अभियान’ विभिन्न कार्यहरु गर्दै आएको जानाकारी दिए ।

यसैगरि काठमाडौं महानगरपालिका जनस्वास्थ विभाग प्रमूख हरि कुमार श्रेष्ठले स्वास्थ प्रणाली र सेवाको विकास गर्नु सरकारको दायित्व रहेको बताए । उनले धुम्रपान निषेधित सहर बनाउन हामी लागि परिरहेको भन्दै हाम्रो प्रयास जनतालाई सुचना प्रवाह गर्ने भएकाले स्वस्थ जीवनको लागि हामीले खेल्नुपर्ने भूमिकालाई प्रभावकारी सबैलाई आग्रह गरे ।

कार्यक्रममा काठमाडौं जिल्ला जनस्वास्थ्य प्रमुख पर्शुराम श्रेष्ठले शारिरीक निष्क्रियता, धुम्रपान तथा मध्यपान सेवन, अस्वस्थकर खाद्यका कारण मुटु, मधुमेह, क्यान्सर जस्ता रोगको सिकार बन्ने हुदाँ यसको नियन्त्रणको लागि परेको बताए ।

सरकारले म नियमित व्यायाम गर्छु, म नियमित स्वास्थ जाँच गर्छु, म पोषिलो खाने कुरा खान्छु, म धुम्रपान तथा मध्यपान सेवनबाट टाढै रहन्छु , म तनावरहित जीवन शैलीलाई आत्मसाथ गर्छु, म ट्राफिक नियमको पालना गर्छु र म प्रदुषण नियन्त्रणमा सजक रहदै आफ्नो घर, म मेरो परिवार र समुदाय स्वास्थ्य प्रति सजक रहन्छु र समुदाय सफा राख्छु जस्ता प्रतिबद्धतालाई आत्मसाथ गर्दै अघि बढन नागरीकलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्