निषेधाज्ञा तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले माइतीघर मण्डलासहित सार्वजनिक स्थानमा प्रदर्शनमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न सरकालाई अन्तरिम आदेश दिएको छ ।

स्थानीय प्रशासनले विरोध प्रदर्शन गर्ने ठाउँ तोक्दै माइतीघर मण्डला लगायतका ठाउँमा निषेधाज्ञा जारी गरेको थियो ।

त्यसविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले विहिवार दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

यस विषयमा छलफलका लागि सरकार र रिट दायरकर्ता दुबै पक्षलाई असार २९ गते सर्वोच्च अदालतमा बोलाएइएको छ । साथै लिखित जवाफ पेश गर्न सरकारको नाममा आदेश पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्